• २०८१ बैशाख २० गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस १० गते, आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस १० गते, आइतवार, २५ डिसेम्बर २०२२। पौष शुक्लपक्ष द्वितीया तिथि, ११ः४५ बजेदेखि तृतीया। उत्तराषाढा नक्षत्र। चन्द्रराशि– धनु, प्रातः ६ः५४ बजेदेखि मकर।आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– त्रिपुष्कर योग सूर्योदयपूर्व ०१:१९ बजेदेखि दिनको ११:४५ बजेसम्म, क्रिसमस डे, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र, दीक्षा ग्रहण, चुल्लीचक्र, हलचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, माओ जयन्ती, मुहूर्त : अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, द्वारचक्र, दीक्षा ग्रहण, १२ गते : मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), साहित्यकार भूपी जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) (द्रष्टव्य : बिहान ०७:०५ बजेसम्म भद्रा रहेको छ), १३ गते : अन्नरूपा षष्ठी व्रत (बङ्गाल), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), डेरा सर्ने, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घुमफिर र भ्रमणमा दिन बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । सेयरबजारका कारोबारबाट लाभ पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार