• २०८० फाल्गुन २२ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : मंसिर ९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


२०७८ मंसिर ९ गते, बिहीवार , २५ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष षष्ठी तिथि। तिष्य नक्षत्र, १५ः४४ बजेदेखि अश्लेषा। चन्द्रराशि–कर्कट। वि.सं. मंसिर ०९,२०७८।
ई.सं. २५ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन हेमन्त । बिहीबार मार्ग कृष्णपक्ष ।तिथि- षष्ठी, २४:१० बजे उप्रान्त सप्तमी । नक्षत्र-

तिष्य, १५:४४ बजे उप्रान्त अश्लेषा । योग- ब्रह्म, २९:४३ बजे उप्रान्त ऐन्द्र । करण- गर ११:४२ बजेदेखि वणिज, २४:१० बजे उप्रान्त वालव । चन्द्रराशि कर्कट । आनन्दादि योग शुभ । दिनमान २६।२३ । सूर्योदय ६:३४ । सूर्यास्त १७:०७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कार्य सफल रहनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ । शेयर बजारको कारोबारमा समेत सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउन पनि सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार