काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय ले दुई दिन भित्र एक साता का लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न
अनुरोध गरेको छ।मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ)बीच बसेको बैठकले एक साताका लागि
निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो ।एक साताका लागि बढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डिपार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागसब्जी, माछामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ ।प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ । खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको छ ।
दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाइएको छ ।यसैगरी बैंकमा भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।पत्रकारको हकमा सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने निर्णण् भएको छ ।
काठमाडौं उपत्यकामा १४ गतेदेखि किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय
काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् ।किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।
‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीसँग भने–‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’