• २०८१ पुष ८ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० असाेज ०७ गते आइतवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आश्विन ०७ गते आइतवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, चन्द्रोदय : दिउँसो ०१:०७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे. कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) नवमी तिथि, बिहान ०५:५८ बजेसम्म, त्यसपछि दशमी तिथि, भोलि बिहान ०३:४९ बजेसम्म, अन्तिममा एकादशी तिथि (तिथि टुटेको दिन) , पूर्वाषाढा नक्षत्र, दिउँसो १०:३९ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, दिउँसो ०४:१८ बजेसम्म, त्यसपछि मकर राशिमा, शोभन योग, साँझ ०४:५१ बजेसम्म, त्यसपछि अतिगण्ड योग , सुरुमा कौलव करण बिहान ०५:५८ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०४:५३ बजेसम्म, अन्तिममा गर करण,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : श्री हरिपरिवर्तिनी एकादशी व्रत, विश्व फर्मासिष्ट दिवस, मुहूर्त : डेरा सर्ने, ०९ गते : वामन द्वादशी, दही दान गर्ने दिन (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दूध नखाने चलन छ), इन्द्रध्वजोत्थान (मतछोयके), द्विपुष्कर योग बिहान ०७:४० बजेदेखि मध्यरात्रीपूर्व ११:०८ बजेसम्म, १० गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), न्यूघया, विश्व पर्यटन दिवस, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), डेरा सर्ने

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूकाे सहयाेगले काम बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर पुरानाे समस्याले अलमल्याउन सक्छ। परिस्थितिवश काम राेकिन सक्छ। वादविवादमा अघि नसर्नुहाेला। व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। साँझदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। विभिन्न भाैतिक स्रोत-साधन प्राप्त हुनेछन्। साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। कामको यश लिने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँगकाे सम्पर्कले यात्रा सम्भावना देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन्। सहयोगीहरूकाे साथले रोकिएकाे काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मन्दीकाे प्रभावले आम्दानीका स्रोत कमजाेर बन्नेछन्। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन पनि कर्जा लिनुपर्ला। सरसापटमा रकम बाहिरिनेछ। परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ। साँझतिर यात्रा र किनमेलका लागि सञ्चित रकम खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार