• २०८१ पुष ६ गते शनिवार
  • Preeti To Unicode

भारतमा प्रदीप र कृष्टिना स्टारर् ‘प्रेमगीत–३’ले पहिलो दिन कति कमायो ?


काठमाडौं । निर्माता–निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’ (हिन्दी)ले भारतमा उत्कृष्ट ओपनिङ गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार लिमिडेट शो र लो टिकट रेटका बाबजुदपनि‘प्रेमगीत–३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (भारतीय रुपैया)को ओपनिङ गर्न सफल भएकोहो।अभिनेता प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर््

‘प्रेमगीत–३’ हिन्दीको उत्कृष्ट ओपनिङले भारतमा पनि नेपाली फिल्मप्रतिको क्रेज र निर्माण टिमको मेहेनतलाई वास्तविकतामा परिणत गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मले पहिलो दिन ९२ लाख भारुको कमाई गरेको उल्लेख गर्दै भनेका छन्, ‘दिन १ मा एक सुखद् आश्चर्य । सीमित शोहरुको बाबजुद…बिजले लो टिकट दरका कारण पनि बढवा दिएको छ । दोस्रो र तेस्रो दिनमा स्कोर गर्न आवश्यक छ, किनकि टिकट रेटहरु सामान्य मूल्यमा फर्काइएको छ । शुक्रबार ९२ लाख भारु (भारतीय रुपैया), इन्डिया विज ।’प्रेमगीत–३ हेरेर भारतीय दर्शकहरुले नेपाली फिल्म पनि बलिउडका कुनै पनि स्टारहरुको फिल्म भन्दा कमी नभएको प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले केही समय पहिलेसम्म साउथ फिल्मलाई साथ दिएको र अब नेपाली फिल्मलाई पनि त्यतिकै साथ दिने प्रतिक्रिया दिइरहेका छन् । साथै उनीहरुको फिल्मको कथावस्तु र (रियल) लोकेशनको खुलेर तारिफ गर्न पनि पछि हटेनन् । भारतमा यो फिल्मले वर्ड अफ माउथले राम्रो साथ पाउनेछ भन्नेमा कुनै शंका छैन ।

नेपाली फिल्म हिन्दी भाषामा डब गरी भारतका मुख्य–मुख्य शहरहरुमा प्रदर्शन गरेर निर्माता–निर्देशक सन्तोष सेनले आफूलाई नेपाली फिल्म उद्योगको बाघ भएको सावित गरिसकेका छन् । योसँगै नेपाली फिल्म उद्योगमा ‘प्रेमगीत–३’ले नयाँ इतिहास बनाउन सफल भएको छ ।रिलिज अगाडि नै विभिन्न विवाद र रस्साकस्सीमा फसेको ‘प्रेमगीत–३’ले नेपालमा पनि उत्कृष्ट कलेक्शन गरिरहेको छ । तर, रिलिज अगाडि नै सबै शोहरु बूकिङ भइसकेको यस फिल्मले पहिलो दिन (शुक्रबार) के–कति कमायो भन्ने विषयमा कुनै आधिकारिक जानकारी भने गराइएको छैन । प्रदर्शन अगाडि नै दर्शकहरुको राम्रो साथ पाएको यस फिल्मको दोस्रो दिन (शनिबार) पनि सबै हलहरु हाउसफूल छन् ।

निर्माण पक्षले नेपालमा नेपाली र हिन्दी दुवै संस्करण एकसाथ रिलिज गर्ने योजना बनाएको थियो । तर, विविध कारण हिन्दी संस्करण भने सोमबारबाट मात्र दर्शकमाझ रिलिज गरिने भएको छ । यस विषयमा निर्माता–निर्देशक सेनले दर्शकहरुप्रति क्षमा माग्दै केही समयपछि पछि कारण बताउने बताएका छन् ।चत्रचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीको मनलाग्दी निर्णय र निर्माता संघका अध्यक्ष नवल खड्काको फिल्मप्रतिको नकारात्मक दृष्टिकोणका कारण नेपालमा ‘प्रेमगीत–३’को हिन्दी संस्करण रिलिजमा ढिलाइ भएको सम्पूर्ण दर्शकहरुले महसुस गरेका छन् । तर, अन्तिममा आएर विकास बोर्डका अध्यक्ष केसी र निर्माता संघका अध्यक्ष खड्काको फिल्मप्रतिको नकारात्मक दृष्टिकोणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छर्लङ्ग पारिदिएको छ ।

यस विवादप्रति विकास बोर्डका अध्यक्ष केसीलाई सञ्चार मन्त्रालयले स्पष्टीकरणका लागि समेत बोलाएको थियो । तर, अब भने ‘प्रेमगीत–३’ले स्वदेशी फिल्मको मान्यता पाइसकेको छ । अब यस फिल्मको हिन्दी भर्सन नेपालमा सोमबारबाट रिलिजको तयारीमा छ ।

यस फिल्म करिब ५० वटा देशमा शुक्रबार (असोज ७)बाट नेपाली र हिन्दी दुवै संस्करणमा रिलिज गरिएको छ । फिल्मलाई निर्माता सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार