• २०८१ बैशाख ७ गते शुक्रवार
  • Preeti To Unicode

यस्तो छ नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र पार्टी नियमावली


माधवनेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ। नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार
गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान

२०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको संघीय सांसद रामकुमारी झाँक्रीले रातोपाटीलाई बताइन् उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ ।

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त
लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।

निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो । नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,मन्त्रीहरू प्रदेशसभा सदस्यहरू प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार