• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

बुटवलको कल सेन्टरमा प्रहरी छापा, डेढ सय युवायुवती पक्राउ


बुटवल ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ ।जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि

अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार