• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

मौलापुर नगरपालिकाको पाँचौँ नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


रौतहटको मौलापुरमा दोहोरो झडप भएको छ ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।मौलापुर नगरपालिकाको
पाँचौँ नगरसभा चलिरहँदा बाहिर प्रभुसाह पक्षर अन्य दलका कार्यकर्ताबीच झडप भएको हो।नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका

थिए । उनकी श्रीमती रिनाकुमारी साह मेयर रहेको नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार