• २०८१ असोज २३ गते बुधवार
  • Preeti To Unicode

भीम रावलले सकिन भनेर राजीनामा दिए, त्यो त्यति ठूलो कुरा होइन : ओली


नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १०बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका
छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए ।‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो

सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’ उनले भने ।शुक्रबार रावलले भने अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा गम्भीर नभएकाले सहजीकरण समितिबाट राजीनामा दिएको बताएका थिए । माधव नेपालले पार्टी विभाजन गर्दा उनीसँग नभएका एमाले नेताहरु १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।तर गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको भनी टिप्पणी गरेका थिए । ओलीको उक्त टिप्पणीप्रति नेताहरुले बिहीबार र शुक्रबार भएको स्थायी कमिटी बैठकमा आवाज उठाएका थिए ।शनिबार पत्रकारको प्रश्नमा ओलीले १० बुँदे कार्यान्वयन गर्न केही ठाउँमा बाँकी रहेको भन्दै त्यो छिट्टै हुने प्रतिक्रिया दिए ।

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए ।…आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको…’ उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’

गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार