• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ आश्विन ०७ गते सोमवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ आश्विन ०७ गते सोमवार तदनुसार ई. सं. २०२४ सेप्टेम्बर २३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, चन्द्रास्त : दिउँसो १०:१३ बजे र चन्द्रोदय : बेलुका १०:०३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) षष्ठी तिथि, बेलुका ०७:२७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, रोहिणी नक्षत्र, भोलि बिहान ०४:२१ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), वज्र योग, दिउँसो १२:२१ बजेसम्म, त्यसपछि सिद्धि योग , सुरुमा गर करण बिहान ०८:१५ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०७:२७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम (बेलुका ०७:२७ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०२:४४ बजेसम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,आज : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, राष्ट्रिय संरक्षण दिवस, दिन र रात बराबर हुने दिन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन मध्यम रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर खर्च भने बढ्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला, तर शेयर बजारमा नोक्सानी हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार