• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा


काठमाडौं। काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्।यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन्।काठमाडौंको नीति तथा कार्यक्रम अहिले राष्ट्रिय सभाहलमा मेयर बालेनले प्रस्तुतीकरण गरिरहेका छन् ।

महानगरले पूर्वस्वीकृति नलिएका संसदीय क्षेत्र विकास कार्यक्रमका योजना कार्यान्वयन गर्न नदिने
काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेका हुन् ।

विगतमा रोकिएको कार्यक्रम यरवर्षबाट सरकारले फेरी ल्याएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो भूमिका खोजेको हो । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा छ ।’संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालनगर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गर्ने पनि उल्लेख छ ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार