• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

दुवै दाबी जाली,किर्ते हुन्, दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् : कमल थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) अध्यक्ष कमल थापा ले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबी दुवै जाली,
किर्ते भएको बताउनुभएको छ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका

लागि गरेको दाबी किर्ते भएको बताउनुभएको हो ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले दुवै दाबी जाली र कीर्ते रहेका आरोप लगाउदै दुवै दाबी खारेज गरी निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डालीलाई सुझाव दिनुभएको छ ।उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ ; “राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्तगर्ने आधार छैन । दुवै जाली÷किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । विहीबारको बैठक आकस्मिक भएपनि शुक्रबार (आज)को बैठक आकस्मिक रुपमा बोलाइएको बताइएको छ ।

जानकारी अनुसार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार