• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमसीसी : ३५ जना संसदले हात उठाए पास हुने, के हो एमसीसी ? के छ यसको सम्झौतामा ? यो परियोजना के हो ? यो कसरि पास हुँदैछ ? हेर्नुहोस्


एमसीसी/यति धेरै चर्चित बनेको एमसीसी आखिर के हो त ? विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एम सीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो। “मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबी

विरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,” एमसीसीको वेबसाइटमा उल्लेख छ।सन् २०१२ यता भएका शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।इन्डो-प्यासिफिक मामिलामा नेपालको ‘भूमिका’ किन खोज्दैछ अमेरिका ‘सामरिक प्रतिस्पर्धामात्रै कि सहकार्य पनि?’
सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।साथै, यसै वर्ष सेप्टेम्बर २९ अर्थात् असोज १२ गते एमसीसीको कार्यक्रम कार्यान्वयन सहमतिमा काठमाण्डूमा हस्ताक्षर भएको थियो। एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएको छ।

राष्ट्रियताको हित प्रतिकूल बुँदा
अमेरिका र नेपालबीच सन् २०१७ मा एमसीसी अन्तर्गत ५० करोड डलर अनुदान सहायतासम्बन्धी एउटा सम्झौता भएको थियो।
त्यो इन्डो प्यासिफिक अन्तर्गत होइन भन्ने स्पष्टीकरण अमेरिकाबाट आयो भने पनि सम्झौता परिमार्जन हुनुपर्ने नेता गुरुङको मत छ।
उनी भन्छन्, “राष्ट्रियताको हितमा कुन-कुन बुँदा उपयुक्त छन्, कुन-कुन उपयुक्त छैनन् र सम्झौता स्वीकार गर्दा कुन-कुन सर्त संशोधन र परिमार्जन गर्नुपर्छ भन्नेबारे पार्टीले टुङ्गो लगाउनुपर्छ।”
सम्झौताको एउटा बुँदामा विद्युत्‌ प्रसारणलाइन निर्माणबारे भारतसँग पनि सहमति लिनुपर्ने उल्लेख भएको भन्दै कतिपयले आलोचना गर्दै आएका छन्।

छलफल जारी: नेपाली सेना
नेपाली सेनाले उक्त कार्यक्रममा सहभागिताबारे आफूलाई लिखित रूपमा पत्राचार नगरिएपनि त्यसबारे छलफल चलिरहेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, “दुई सरकारको स्तर बाहेक पनि अमेरिकाका विभिन्न राज्यहरूले विपद् व्यवस्थापन सहितका क्षेत्रमा विभिन्न देशका सुरक्षा निकायसँग तालिम लगायत अन्य सहकार्य गर्ने गर्छन्। हामीसँग पनि विपद् व्यवस्थापनमा संयुक्त तालिमहरू गर्ने र सहकार्य बढाउने हिसाबले छलफल भएको छ।”
तर अमेरिकाले प्रस्ताव गरेको कार्यक्रममा सहभागी हुनेबारे ‘राजनीतिक तहमा निर्णय’ हुनुपर्ने उनको भनाइ छ।
अमेरिकी सेनाले विपद् व्यवस्थापन एवम् तालिम, हवाइ क्षमताको विस्तार, शान्ति सैनिकको क्षमता अभिवृद्धि सहितका क्षेत्रमा नेपाली सेनासँग सहकार्य गर्दै आएको छ।
त्यसअन्तर्गत विपद् व्यवस्थापनमा सहयोगी हुने ठानिएका चारवटा स्काइ ट्रक नेपाली सेनालाई उपलब्ध गराउने सम्झौता अमेरिकाले गरेको छ।
अमेरिकाले झण्डै १९ मिलियन डलर खर्च गरेर दुईवटा एम २८ विमान नेपाली सेनाका लागि खरिद गरिदिएको बताइन्छ।

सम्झौता हेर्नुहोस्
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तर्फबाट
(अर्थ मन्त्रालय) तथा
संयुक्त राज्य अमेरिकाको तर्फबाट
(मिलेनियम च्यालेन्ज कर्पोरेसन)
बीच
सम्पन्न मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)


यसरि गरिदैछ एम सी सी पास। जम्मा ३५ जना संसदले हात उठाए पास हुनेछ

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार