• २०८१ पुष १२ गते शुक्रवार
  • Preeti To Unicode

लञ्च भयो मेटाको नयाँ फिचर : अब इन्स्टाग्राम मा पनि हुनेछ यति धेरै कमाई


इन्स्टाग्रामलेकन्टेन्ट क्रियटर्सलाई पैसा कमाउने अर्को एउटा तरिका दिइरहेकोछ।मेटाको फोटो र भिडियो शेयरिङ एप इन्स्टाग्रामले सब्सक्रिप्सन
फिचर जारी गरेको छ । यो फिचर अघिल्लो वष नोभेम्बरमा देखिएको थियो । यद्यपि, इन्स्टाग्रामले यसलाई केही अमेरिकी क्रिएटर्सका लागि पनि उपलब्ध गराएको

छ । यो फिचरको मद्दतले क्रिएटर्सले आफ्ना पेड फलोअर्सका लागि एक्सक्लुसिभ इन्स्टाग्राम लाइभ भिडियो र स्टोरीमा पहुँच दिन सक्नेछन् । यतिमात्रै होइन सब्सक्राइबर्सले पनि एउटा विशेष ब्याच पाउनेछन् जसले उनीहरुलाई क्रिएटर्सको कमेन्ट सेक्सन र इनबक्समा अन्य प्रयोगकर्ताभन्दा भिन्न पहिचान दिनेछ । इन्स्टाग्रामले यो फिचरलाई १० अमेरिकी क्रियटर्ससँग लाइभ गरेका छन् । एपले यसलाई अल्फा टेस्ट मानिरहेको छ । अर्थात्, क्रियटर्सले यो फिचरलाई प्रयोग गरेर सर–सल्लाह दिनेछन् ।

सब्सिक्रिप्सनको कुरा गर्ने हो भने क्रियटर्सलाई आफ्नो सामग्रीको मूल्य निर्धारण गर्न स्वतन्त्रता हुनेछ । ०.९९ डलरदेखि ९९.९९ डलर प्रति महिनाको बीचमा क्रियटर्सले ८ प्राइस पोइन्ट पाउनेछन् । सब्सक्रिप्सनपछि प्रयोगकर्ताले स्टोरी हाइलाइट्सजस्ता सब्सक्राइबर्स–ओन्ली कन्टेन्टको एक्सेस पाउनेछन् ।

एक्सक्लुसिभ ब्रोडकास्ट सुरु भएपछि प्रयोगकर्ताले यसबारे सूचना पाउनेछन् । यो सब्सक्राइबर्सका लागि हुने भएकोले यसमा प्रयोगकर्ताको संख्या कम हुनेछ । यसमार्फत् फलोअर्स उत्कृष्ट तरिकाले कन्टेन्ट क्रियटर्ससँग जोडिन सक्छन् । सब्सक्राइबर्स–ओनली स्टोरिज पर्पल रिङसँग देखिनेछ ।

हाल क्रियटर्सले एनालिटिक्समा कुनै भिन्न सब्सक्रिप्सन सेक्सन भने पाउनेछैनन् तर उनीहरुले सब्सक्रिप्सनबाट हुने कमाईको जानकारी भने पाउनेछन् । क्रिएटर्सले सब्सक्रिप्सनबाट कमाई, जम्मा सब्सक्राइबर्स, नयाँ सब्सक्राइबर्स र क्यान्सिलेशनको जानकारी सब्सक्रिप्सन सेटिङबाट पाउनेछन् ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार