• २०८१ जेष्ठ ५ गते शनिवार
  • Preeti To Unicode

चितवनमा महाधिवेशन राखेर प्रचण्डलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड


काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी
गरेका छन्।रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।‘अब यहाँबाट म चितवन जाँदैछु,चितवनमा

एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने पनि बताए ।

प्रचण्डलाई रौतहटमा ५१ किलोको माला
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो । बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ बजे पुगेका थिए ।

आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौ : माधव नेपाल
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताएका हुन् ।

उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।

“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लागेको छ”, उनले भने, “स्वास्थ्य क्षेत्र भएका गलत काम कारवाहीलाई अब रोकिन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार