• २०८० फाल्गुन २२ गते मङ्गलवार
  • Preeti To Unicode

भौतिक पूर्वाधारमन्त्री यादवले दिइन् सीके राउतलाई ज्या’न मा’र्ने ध’म्की


गौर ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका
अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।अवरोध छिचोल्दै

कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

हिंसा भड्काउने अभिव्यक्ति
सिके राउतलाई मन्त्री यादवले भनिन्- तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलक्षित विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।जनमत पार्टीले तराईमधेशका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको, झूटा मुद्दा लगाइएकोलगायतका मुद्दा उचाल्दै निरन्तर आन्दोलन गरिरहेको छ । उसले संघ र प्रदेश सरकारका मन्त्रीहरूलाई बहिष्कार गर्ने नीति लिएको छ । बुधबार पनि गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई लखेटेका थिए ।

त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेकी मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’ को उदाहरण दिँदै हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी हुन् । उनले सीके राउतसँग कुनै एजेन्डा नै नभएको पनि आरोप लगाइन् । मधेसको एजेन्डा स्थापित गर्न सिंहदरबार घेर्ने हिम्मत भए आफूले पनि साथ दिने उनको भनाइ थियो । रौतहट जिल्ला प्रशासन कार्यालयले आन्दोलन जारी रहेकाले कार्यक्रम नगर्न सल्लाह दिए पनि कार्यक्रम नरोकेको जानकारी दिइन् ।त्यस्तै सीके राउतले केही युवालाई भड्काएर मधेसमा कार्यक्रम गरिरहेको पनि उनको आरोप छ । मन्त्री यादवले भनिन्, ‘ढोल पिटेर, १० जनालाई ढोलक हातमा थमाइदिएर केही हुनेवाला छैन ।’

गौर नरसंहार ताजै रहेको उल्लेख गर्दै उनले भनिन्, ‘इतिहासमा राइस मिल अझै जीवित छ । रौतहट ऐतिहासिक जिल्ला हो । यो गौरमा फट्टा(चिर्पट) देखाउने प्रयास नगर । यहाँ लट्ठी भाँच्ने जनता छन् । तपाईंको फट्टा त्यहीँ तोडमोड गरेर हातमा राखिदिनेछौँ । आज बलिदानी दिवसका दिन हिंसा होइन, आज बलिदानी दिवस मनाउन आएका हौँ । भोलि हामीले यहाँका पुल र सडकको अवस्था कस्तो छ भनेर भिजिट गर्नेछौं । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।’

त्यस्तै सीके राउतसँग मधेसका कुनै एजेन्डा नभएको र केही एजेन्डा चहिए आफूहरुले दिने पनि उनको भनाइ थियो । उनले अगाडि भनिन्, ‘सर्तक रहनुहोस्, जबजब मधेस आन्दोलन सुरु हुन्छ तब तब उनले पनि मधेसका एजेन्डा लिएर घुमिबस्थे, मधेस आन्दोलन समाप्तिसँगै उनका एजेन्डा पनि समाप्त हुने गरेका छन् ।’उनले मधेस प्रदेश नामकरणसँगै पहिचान र आफ्ना केही माग पूरा भए पनि प्रत्यक्ष राष्ट्रपतिको माग भने कायमै रहेको बताइन् ।

बुधबार रौतहटको गौरमा ‘बलिदानी दिवस’का अवसरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुयादवलगायत । तस्बिर : किरण ठाकुरको फेसबुकबाट

१५ वर्षअघि के भएको थियो गौरमा ?
२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए ।त्यस दिन राइस मिलमा माओवादी र फोरमले एकै ठाउँमा सभा गर्न लागेको भन्दै नगरपालिका क्षेत्रभरि एकखाले त्रास पैदा भइसकेको थियो । यसको यथार्थ जानकारी हुँदा पनि स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन । फोरमले मैदानको दक्षिण र माओवादीले उत्तर कुनामा अघिल्लो दिन नै मञ्च बनाइसकेका थिए । त्यही राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायत जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा खटाइएको थियो । उनीहरू साना हतियारसहित आएका थिए । माओवादी कुनै हालतमा फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम गरेरै छाड्ने अडानमा थियो । फोरमले प्रमुख अतिथि नेता उपेन्द्र यादवलाई बोलायो, माओवादीले जिल्ला इन्चार्ज प्रभु साहलाई ।

झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाएका थिए तर न्याय भने कसैले पाएका छैनन् ।घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट फोरम र कांग्रेसका १ सय २७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएको थियो तर तत्कालीन एसपी रामकुमार खनालले हुँदै नभएका मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन् ।

पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरेर १ सय १३ जनाको नाममा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो, जसमा उपेन्द्र यादवदेखि बबन सिंहसम्म थिए । ती सबैलाई प्रहरीले फरार अभियुक्त भनी मिसिलमा चढायो तर खोजखबर गरेन ।उपेन्द्र यादव त्यसपछि चुनाव जितेर उपप्रधानमन्त्रीसमेत पनि भए । बबन सिंह पहिलो संविधानसभामा निर्वाचित भए । अरू पनि थुप्रै ‘फरार अभियुक्तहरू’ अहिले महत्त्वपूर्ण सार्वजनिक पदमा छन् ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार