• २०८० फाल्गुन ११ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ माघ ६ गते बिहीवार, यस्तो छ आजको राशिफल


२०७८ माघ ६ गते, बिहीवार२० जनवरी २०२२। माघ कृष्णपक्ष, द्वितीया तिथि, प्रातः ७ः१५ बजेदेखि तृतीया। अश्लेषा नक्षत्र ८ः०३ बजेदेखि मघा।चन्द्रराशि–कर्कट, ८ः०३
बजेदेखि सिंह। वि.सं. माघ ०६, २०७८ ।ई.सं. २० जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर।बिहीबार माघ कृष्णपक्ष ।तिथि-द्वितिय

७:१५ बजे उप्रान्त तृतीया । नक्षत्र- अश्लेषा, ८:०३ बजे उप्रान्त मघा । योग- आयुष्मान्, १५:४३ बजे उप्रान्त सौभाग्य । करण- गर ७:१५ बजेदेखि वव, १९:३३ बजे उप्रान्त वालव । चन्द्रराशि कर्कट । आनन्दादि योग अमृत । दिनमान २६।३० । सूर्योदय ६:५७ । सूर्यास्त १७:३३ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन पनि सक्नेछ, अतः सचेत रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार