• २०८१ जेष्ठ ५ गते शनिवार
  • Preeti To Unicode

भीम रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्


काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।च्यासलमा
शुरु भएको केन्द्रीय कमिटी बैठक मा अध्यक्ष ओलीले रावलले हतार मा राजीनामा दिएको बताए ।‘हतारिएर किन राजीनामा दिएको ?सल्लाह गर्नुपर्ने।

अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने ।एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

ओलीको कटाक्ष- देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै देउवाले पाएको विश्वासको मतलाई ओलीले कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन् ।

‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो,’ ओलीले कटाक्ष गरे । देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला शुरु गर्ने उनले बताए ।

‘जनविरोधी काम शुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले भने । काँग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको ओलीले आरोप लगाए ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार