• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोचियो : एक दर्जन वकिल घाइते


अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर
भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका

वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए । अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए ।

‘यस विषयमा प्रहरीले माफी माग्नुपर्छ । यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्छ’, उनले चेतावनी दिए । बारको आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा बारका अध्यक्षसहित एक दर्जन वकिलहरू घाइते समेत भएका छन् ।

सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।
झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार