• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

धरानमा खुलेआम गाई गोरु काट्नेहरु धमाधम पक्राउ गर्दै सुनसरी प्रहरी


धरान / धरान ११ मङ्गलवारे चोकमा खुलेआम कानुनको धज्जी उडाउँदै गैर कानुनी रूपमा गाई गोरु काट्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालका अनुसार प्रहरीले हिजोबाट सामाजिक सञ्जालमा आएका फोटो भिडियोलाई आधार मानेर यही विषयमा गम्भीर भएर अनुसन्धान कार्य गरिरहेको बताए । कानुनले बर्जित गरिएकाे कुरा गर्नु नहुने एसपी प्रभु ढकालले बताए ।

राज्यलाई ठाडो चुनौती दिँदै सुरक्षा प्रमुखलाई समेत चुनौती दिनेहरूकाे धमाधम खोजी कार्य भइरहेको र यस बिषयमा प्रहरीले सूक्ष्म तरिकाले नतिजा देखिने गरी कार्य गरिरहेको बताए।
धरानका डिएसपी नवराज मल्लका अनुसार यस अघि पनि धरानमा गोरु काट्ने खाने र काट्न लगाउने बेच्ने सबैलाई पशु पन्छी कसुरमा मुद्दा चलाउँदै नै आएको छ। हाल गोरुको मासु नै खाएको भनेर मात्र मुद्दा नचल्ने भएकाले हामीले मुद्दा कसलार्इ चलाउने भन्ने हेतुले गाई गोरु कसले काट्नु लगाएको, कहाँबाट ल्याएको, कसले मासु बेचेको, कसले पकाएको, कसले सामाजिक सञ्जालमा भिडियो खिचेर हालेको र भोजको आयोजना गरेको सबैलाई खोजी गरिरहेको र कारबाही गर्ने तयारीका साथ प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी मल्लको भनाई छ ।

सुनसरीमा हाल प्रवक्ताको जिम्मेवारी पाएका इन्स्पेक्टर दल कुमार राईका अनुसार गत साउन १० गर्ने धरान ३ का ३६ बर्सिया राजन परियार, धरान ५ का बिन्द्र कुमार राई पक्राउ परेका थिए । राज १ हजार धरौटीमा रिहा भएका ह्न भने राई ५ हजार धरौटीमा रिहा भएको इन्स्पेक्टर राईको भनाइ छ । इन्स्पेक्टर राईका अनुसार धरान ५ का विवेक राई फरार रहेका छन् भने उनको समेत हाल खोजी कार्य भइरहेको छ। गाई राष्ट्रिय जनावर हो त्यसैले गाई काट्नु कानुनले निषेध गरेको छ। भने हाल गाई गोरु काटेको खाएको भन्दै सामाजिक सञ्जाल चर्काउनेलाई प्रहरीले छ्ट्टै जनशक्ति परिचालन गरी एक एकको खोजी कार्य सुरु भएको उनले बताए ।

सुनसरी र धरान प्रहरीले गरिरहेको छर कारबाही हुने उनले बताए । बुधवार यस विषयमा राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधान विपरीतका गतिविधिप्रति आपत्ति जनाउँदै गाई गोरु काट्ने खाने माथि छानबिन गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार