• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

माधव पक्ष बिनै देउवालाई बहुमत :महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति


जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव
कुनै सांसद् मत नदिए पनि देउवा को पक्ष मा बहुमत पुग्ने भए को छ । यसअघि देउवा को पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय

जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ।

जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्।

ठाकुर समूहका एक सांसदका अनुसार मधेसका माग सम्बोधनको प्रतिबद्धतापछि सत्ता गठबन्धनसँग विश्वासको मत दिनेबारे मौखिक सहमति भएको छ।

देउवाले विश्वासको लिने प्रयोजनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक केही बेरमा बस्दैछ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार