• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ कार्तिक ०१ गते बिहीवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ कार्तिक ०१ गते बिहीवार तदनुसार ई. सं. २०२४ अक्टोबर १७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे, चन्द्रोदय : साँझ ०५:०७ बजे र चन्द्रास्त : पूणर्िमा भएकाले रातभरि चन्द्रास्त हुँदैन,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) पूणर्िमा तिथि, साँझ ०५:२५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, रेवती नक्षत्र, साँझ ०५:४५ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, साँझ ०५:४५ बजेसम्म, त्यसपछि मेष राशिमा, व्याघात योग, बिहान ०७:३५ बजेसम्म, त्यसपछि हर्षण योग भोलि बिहान ०४:२९ बजेसम्म, अन्तिममा वज्र योग (योग टुटेको दिन) , सुरुमा विष्टि/भद्रा करण बिहान ०६:३८ बजेसम्म, त्यसपछि बब करण साँझ ०५:२५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : मित्र, चन्द्रवणर् : पहेंलो (साँझ ०५:४५ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०५:४५ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : वायव्य (साँझ ०५:२५ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन समाप्ति (साँझ ०५:४५ बजे), वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:०५ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : कार्तिक सङ्क्रान्ति, श्री पूणर्िमा व्रत, कार्तिक स्नान प्रारम्भ, कार्तिक व्रत प्रारम्भ, आकाशदीपदान प्रारम्भ, अर्घा सराय पर्व, योसिमतवियगु, कत्ति पुह्नि, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस,मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०२ गते : विश्व नगर विकास दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने), ०३ गते : कुनै चाडपर्व, उत्सव र मुहूर्तादि छैन । ०४ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च लागे पनि कम मात्र फाइदा हुनेछ। केही दाैडधुप तथा भ्रमण हुने समय छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई मनग्य लाभ हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। खानपानकाे आनन्द प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम बन्नाले राम्रै लाभांश लिने अवसर प्राप्त हुनेछ। तर काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ। साँझतिर शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नाे प्रतिफल जोगाउन अलि चनाखो रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश काममा केही उल्झन हुनेछ भने अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदै हुनेछ। आफ्नो क्षेत्रमा पद र प्रतिष्ठा प्राप्त गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले स्थितिमा सुधार आउनेछ र विशेष लाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही अलमल देखिए पनि आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
जिम्मेवारी बढ्नाले लक्ष्यमा पुग्न समय लाग्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। काममा सोचेको फाइदा नउठे पनि प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। काममा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवेश उत्साहवर्द्धक रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट तथा लोकाचारका लागि अधिक समय बित्न सक्छ। कामका लागि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। साँझतिर पुरुषार्थी काम सम्पादन हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर लगनशीलताले संकल्प पूरा हुनेछ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार