• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

ओखलढुंगाको मोलुङमा गठबन्धन भत्काउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


ओखलढुंगा : मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।कांग्रेस-माओवादीको गठबन्धन भत्काउँदै अध्यक्षमा नेकपा एमालेका उत्तम राई विजयी भएका हुन् ।

राईले ४ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए । यसअघि एमालेले २६ मतान्तरले अध्यक्ष पद मात्र जितेको थियो ।उपाध्यक्षमा पनि एमालेकी उर्मिला खतिवडा निर्वाचित भइन् । उनले प्रतिस्पर्धीलाई दोब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जितेकी हुन् ।

खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत पाए । खतिवडाले २ हजार १ सय ४ बढी मतले जित्न सफल भएकी छन् ।

जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने उनी पहिलो जनप्रतिनिधि हुन् । वडामा पनि एमालेको बहुमत छ । ८ मध्ये ५ वडा एमाले र ३ नेपाली कांग्रेसले जितेको छ ।

माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनको उपाध्यक्षसहित सबै पदमा पराजित भए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार