वि.सं. २०७८ आश्विन ३० गते शनिवार तदनुसार ई. सं. २०२१ अक्टोबर १६ तारिख, राक्षस नामक संवत्सर, शाके:१९४३, सूर्य दक्षिणायन, शरद् ऋतु,ने.सं. :–
११४१, (कौलाथ्व ), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, चन्द्रोदय : दिउँसो ०२:०६ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:४६ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०५:३७ बजे, आश्विन शुक्लपक्षको एकादशी तिथि, बेलुका ०७:१६ बजेसम्म, त्यसपछि द्वादशी तिथि, धनिष्ठा नक्षत्र, दिउँसो १२:०७ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, मध्यरात्रीपछि ०१:५५ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा वणिज करण बिहान ०७:४२ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०७:१६ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व,धनिष्ठा पञ्चक/सरुन परेको दिन,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्याउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसङ भेट घाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना बन्न सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन मद्दत गर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )