• २०८१ असोज २८ गते सोमवार
  • Preeti To Unicode

एमाले क्रान्तिकारी पार्टी हो, प्रचण्ड दक्षिणपन्थीसँग मिले : बादल


काठमाडौंनेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने अदालतको आदेश प्रतिगमन भएको
बताएका छन्। उनले एमालेबाट माधव कुमार नेपाल सहित का नेताहरु दक्षिणपन्थी भएकाले निस्किएर गएको समेत बताए ।काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा उनले एमाले

लोकतन्त्रिक आन्दोलनको मुल प्रवाह भएको बताए। उनले एमाले क्रान्तिकारी धार बोकेको दल भएको भन्दै भने, ‘नेकपा एमाले क्रान्तिकारी धार हो। लोकतान्त्रिक मात्रै होइन मुलकको मुल शक्ति हो।’उनले पुँजीवादी विरुद्ध लडाइँ लडनुपर्ने बेला भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थी भएको आरोप लगाए।प्रचण्डले दक्षिणपन्थी पार्टीसँग मिल्न थालेपछी माओवादी आन्दोलन विसर्जन भएको उनको दाबी छ। बादलले एमाले चाँडै सत्तामा फर्कने दाबी समेत गरे। उनले स्थानीय, प्रदेश र केन्द्रको सरकारमा एमाले फेरी पनि पुग्नु जरुरी भएको बताए।एमालेका विरुद्धमा षडयन्त्र भएको बताउँदै उनले उक्त षडयन्त्रलाई तोड्न कार्यकर्तालाई आह्वान गरेका छन्।

माधव नेपालको बाटो गलत छ, ओलीले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य
वाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमतिलाई पालना गर्नुपर्ने बताएकी छन्। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा शाक्यले सबै पार्टीका कमिटीहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताएकी हुन्। १० बुँदे सहमति कार्यान्वन नभए फेरी पनि एमालेमा अप्ठेरो स्थिति उत्पन्न हुने भन्दै उनले कार्यान्वयनको विकल्प नभएको बताइन।

‘२०७५ जेठ २ गतेको कमिटीमान्ने भनेर अन्तरपार्टी निर्देशिका जारी भएको छ। यसको अक्षरस पालना हुनुपर्छ। नभए फेरी पनि हामी अप्ठेरोमा पर्छौ,’ उनले भनिन्।शाक्यले पार्टी नेतृत्वले विगतमा भएका गल्तीहरुको निर्मम समीक्षा गर्नुपर्ने बताएकी छन्। अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरुले गल्तीको ढाकछोप गरेर हिँड्न नहुने उनको भनाई थियो।’मुख्यगरी नेतृत्वमा रहनुभएका कमरेडहरु हिजोका कमिकमजोरीहरुको निर्मम समीक्षा गरौँ। हिजो जे भयो-भयो भनेर नबसौँ। यसले कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्दैन,’ शाक्यले भनिनन्।

९ औं महाधिवेशनबाट एमालेमा विकृति भित्रिएको भन्दै ओलीको आलोचना गरेकी शाक्यले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पनि आलोचना गरेकी छन्।नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)बनाएको भन्दै उनले नेपालको उक्त निर्णय गलत भएको बताइन।’मेरो प्रष्ट धारणा छ। माधव नेपालले लिनुभएको बाटो ठिक छैन्। फुटेर होइन जुटेर अगाडी बढन सकिन्छ। उहाँ हाम्रो नेता हो। आदरीण कमरेड हो। पार्टीको एउटा पंक्तिलाई भुलाएर राख्नेकुरा हुँदैन,’ शाक्यले भनिन्। शाक्यले नेपाललाई एमालेमै फर्किन आग्रह समेत गरेकी छिन्।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार