• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार (भिडियोसहित)


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।

चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीमा आएको बाढीले हेलम्बुमा रहेको सेना, सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो ! (video)

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार