• २०८१ मङ्सिर ३ गते सोमवार
  • Preeti To Unicode

भरतपुरमा रेणु दाहालभन्दा ३ मतले पछि विजय सुवेदी


भरतपुर : भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल झिनो मतले अगाडि छिन्। पछिल्लो मतपरिणाअनुसार दाहाल एमाले उम्मेदवार विजय सुवेदीभन्दा ३ मतले अगाडि छन्।

१५ हजार ९३३ गणना गर्दा दाहालले ५३१३ मत ल्याएकी छन् भने सुवेदीले ५३१० मत ल्याएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने २५३६ मत ल्याएका छन्। पौडेलले मतान्तर घटाउँदै लगेका छन्।

त्यस्तै प्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६४०२ मतका साथ अग्रस्थानमा छन् भने दोस्रोमा राप्रपाकी हिमला गुरुङले ४२९८ मत पाएकी छन्। भरतपुरमा दुई गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार