• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

पेट्रोल र डिजलको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

अक्सिजन प्लान्ट माग्दै सांसद मन्त्रालयमा
कर्णालीका सांसदले अक्सिजन प्लान्ट र सिलिण्डर माग्दै संघीय राजधानी काठमाडौं पुगेका छन्। एमालेका प्रदेश तथा प्रतिनिधिसभाका सांसद मन्त्रालयमै पुगेर सरकारसँग अक्सिजन प्लान्ट र सिलिण्डर माग गरेका हुन्। उनीहरुले तत्काल कर्णालीमा अक्सिजन र सिलिण्डर उपलब्ध नभए अवस्था जटिल हुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।संक्रमितको संख्या बढ्न थालेपछि कर्णालीमा अहिले अक्सिजनको चरम अभाव छ। अक्सिजन र सिलिण्डरकै अभावमा अस्पतालले संक्रमितको चाप थेग्न नसक्ने चेतावनी दिइरहेका छन्। शुक्रबार मात्र कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावकै कारण संक्रमितको भर्ना नलिने बताएको थियो। तर अहिले जटिल संक्रमितलाई भने भर्ना लिइरहेको छ। प्रदेशमा अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाउन थालेपछि एमालेका सांसद संघीय सरकारसँग गुहार माग्न पुगेका हुन्।

सांसदको टोलीले आइतबार स्वास्थ्य मन्त्रालयमा पुगेर कर्णालीमा तत्काल अक्सिजन प्लान्ट, सिलिण्डर, स्वास्थ्यकर्मी, आईसीयु र भेन्टिलेटरको व्यवस्था गरिदिन माग गरेको हो।सांसदहरुले तत्काल कर्णाली प्रदेश अस्पतालमा दैनिक पाँचसय सिलिण्डर भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट स्थापना गरिदिन माग गरे।
यस्तै जिल्लाहरुमा पनि प्लान्ट स्थापनाका लागि तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ। प्रदेशमा हाल सिलिण्डरको अभाव भएको भन्दै सांसदले कर्णालीमा प्रदेश अस्पतालमा पाँच सय र अन्य जिल्लाका लागि पाँच सय गरी प्रदेशका तत्काल एक हजार सिलिण्डर उपलब्ध गराउन माग गरेका छन्। साथै उनीहरुले प्रदेशमा आईसीयु, भेन्टिलेटर र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरे।

कर्णालीबाट प्रतिनिधि सभामा निर्वाचित एमालेका सांसद ध्रुवकुमार शाही, राजबहादुर बुढा, मोहन बानियाँ र पावर्तीकुमारी विशुन्के स्वास्थ्य मन्त्रालयमै पुगेका हुन्। यस्तै एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेल र प्रमुख सचेतक गुलावजंग शाहले स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई कर्णालीमा महामारीको अवस्थाबारे अवगत गराएका छन्। आफूहरुले कर्णालीमा अक्सिजन अभावमा संक्रमितको उपचारमा कठिनाइ भइरहेको भन्दै संघीय सरकारले तत्काल सहयोग गर्नुपर्ने माग गरेको प्रदेशसांसद यामलाल कँडेलले बताए।

उनले भने,‘हामीले कर्णालीको अवस्थाबारे मन्त्रीको ध्यानाकर्षण गरायौं, संघीय सरकारले कर्णालीमा अक्सिजन प्लान्ट स्थापना र सिलिण्डर उपलब्ध गराउन प्राथमिकता देओस् भन्ने हाम्रो माग राख्यौं।’ त्यसक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले संघीय सरकारले कर्णालीलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार