• २०८१ पुष ६ गते शनिवार
  • Preeti To Unicode

कृष्ण कँडेल राष्ट्रका गहना, दीन दुखीका भगवान हुन् : राम प्रसाद रिजाल


काठमाडाैं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी समाजका अध्यक्ष, संचालक तथा समाजसेवी कृष्ण कँडेल दीन दुखीका भगवान भएकाे बताएका छन् । लाइभ दोहोरीको चर्चित प्लेटफर्म इन्द्रेणीभित्रको विवाद सतहमा आएपछि युवा नेता रिजालले कृष्ण कँडेलकाे बचाउ गरेका हुन् । इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकारहरू संयुक्तरूपमा लाइभमा आएका थिए ।

कृष्ण कँडेलकाे बचाउमा स्टाटस लेख्दै नेता रिजालले भनेका छन्, ‘कृष्ण कँडेल राष्ट्रका गहना हुन् । उनी दीन दुखीका भगवान हुन् । राज्यले गर्न नसकेको काम ईन्द्रणीमार्फत गरिरहेका कृष्णलाई योजनावद्ध सिद्धयाउन लागिपरेका छन् । यो सफल हुन दिन्नौ किनभने म आदरणीय कृष्ण दाइ लाई नजिकै बाट चिन्छु । कसैले सामाजिक संजालमा मिडियामा गएर बिना आधार अरूको बदनाम गर्नेहरूलई राज्यले कार्वाही गरोस् । यो देशका असल राम्रा राष्ट्रका सम्पत्ति गहना हरूलाई किन मनोबल घटाउने काम भैरहेको छ । यसलाई निरूत्साहित बनाउने कानुन बनाउ ? हैन भने यहाँ कृष्ण राम श्याम हरि गोविन्द लक्ष्मण भरत हरूले काम गर्न त के अब बाँच्नु गाह्रो भो । सानो सघर्षले उनी कृष्ण कँडेल यो उचाइमा आएका हैनन ।’

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार