• २०८१ असोज १ गते मङ्गलवार
  • Preeti To Unicode

१७ सय मत गन्दा गुरुङको अग्रता कायमै, कसले कति मत पाए ?


नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय
सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको

मतगणना जारी छ। १७ सय मत गन्दा धनराज गुरुङ र चन्द्र भण्डारीले अग्रता बनाएका छन्। गुरुङले ७४५, भण्डारीले ६७२ मत पाएका छन्। त्यस्तै पूर्णबहादुर खड्काले ५८०, विजयकुमार गच्छदारले ५७० मत ल्याएका छन्।सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए। जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन्।सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो। उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ।

गुरुङ र भण्डारी शेखर कोइराला प्यानलमा उम्मेदवार हुन् भने खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् । त्यस्तै, कोइराला प्रकाशमान सिंह र शाह विमलेन्द्र निधि प्यानलका उम्मेदवार हुन् । अर्का प्रत्यासी आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

सानेपा पुगे धनराज
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा अग्रता बनाइरहँदा उनी मत गणना स्थल सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । काँग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार