• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

आँट नभएका १० भाईहरु ढोका बाहिर रोएर, कराएर बसिरहेका छन् : माधव नेपाल


नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्नसक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन्।
सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह

अनिवार्य रहेको बताए ।कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैनथियो भने लागिरहेको हुनसक्ने भन्दै एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए । ‘जब स्पेश हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । र जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।उनले प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नुपर्ने अवस्था आउने बताए । उनले आफुले आँट गरेर विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे । ‘आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन’, अध्यक्ष नेपालको टिप्पणी छ ।

एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् ।

उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन् ।
महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा,

बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी,कृष्ण नेपाली र पूर्ण बुढा रहेका छन् । महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार