• २०८१ चैत्र २ गते आइतवार
  • Preeti To Unicode

माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउनु ठूलो उपलब्धि मान्‍नुभयो : गोकर्ण बिष्ट


गुल्मीनेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको बताएका छन्।
नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग जोडेको बताएका हुन्।

उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु नै ठूलो उपलब्धि मान्‍नुभयो। ‘ १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनले बताए ।पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमति माधव नेपालबाट धोका भएको उनले टिप्पणी गरे । उनले भने, ‘पार्टी एकता बाहेक बिकल्प छैन। द्वन्द्व-बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अन्त्यमा माधव नेपालले म मान्दिन भन्‍नु भयो।’नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गरे। पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको उनको भनाई छ ।उनले पार्टीमा देखिएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए । उनले कार्यकर्तातर्फ बोल्दै भने, ‘केन्द्रीय नेताहरु बिभिन्न बिषयमा असहमति जनाए पनि तपाईहरुको पंक्तिले नेताको आधारमा आफ्नो धारणा नबनाउनुस् ।

माधव नेपालबाट एमाले कार्यकर्तामाथि धोका भयो : प्रदीप ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपालले विपक्षीहरुसँग गठबन्धन गरेर एमाले कार्यकर्ताहरूलाई धोका दिएको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालले एमालेविरुद्ध घेराबन्दी गरेको उनको आरोप छ ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले अहिलेको घेराबन्दी अस्थायी भएकाले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने टिप्पणी गरे । एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको उनको आरोप छ ।

पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग विषय भएको उनको तर्क छ । माधव नेपालले दर्ता गरेको नयाँ दल सांगठनिक हिसाबले पनि गलत रहेको ज्ञवालीले दाबी गरे ।पार्टी विभाजन अघि फरक–फरक धारमा रहेका एमालेका सचिवद्वय ज्ञवाली र गोकर्ण विष्टले गुल्मीमा एउटै मञ्चबाट सम्बोधन गरेर पार्टीमा कुनै समस्या नरहेको बताएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार