• २०८१ बैशाख ७ गते शुक्रवार
  • Preeti To Unicode

महन्थ–राजेन्द्रलाई कारबाही गर्ने उपेन्द्र पक्षको चेतावनी


जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले

पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए । उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए । उनले भने, ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ ।

कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’जसपा भित्र बाबुराम भट्टराई –उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी

विभाजनको संघारमा पुगेको छ ।संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार