काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हाल सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन जारी छ।मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरू भएको
मतदानको समय साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको छ।हालसम्म १ हजार ५ सय मतभन्दा बढी मतदान भइसकेको छ।तोकिएको समयभित्र मतदान नसकिए मतदान समय बढाइने
र आजै रातिबाट मत गणना सुरु गर्ने बताइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भने राति १० बजेबाट मतगणना सुरू गर्ने तालिका निर्धारण गरेको छ ।आजै राति मत गणनामार्फत नयाँ सभापतिको घोषणा गरिनेछ । भोलि बुधबार बुधबार आरामको समय छुट्याइएको छ भने पर्सि बिहिबारदेखि अन्य पदाधिकारीहरुको मतगणना गरिनेछ ।सभापतिका लागि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुनेछ ।
दोस्रो चरणको निर्वाचनमा खस्यो १५ सय मत
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हाल राष्ट्रिय सभागृहमा जारी छ ।
साढे तीन बजेपछि सुरु भएको मतदान हालसम्म १ हजार ५ सय मत खसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ । मतदानस्थलमा दुवै समूहका उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन् ।