• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीको नाम बेचेर देउवा ढुक्क !


काठमाडौंनेपाली कांग्रेसको १४ औँ अधिवेशनअन्तर्गत सभापतितर्फको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले जित हासिल गर्न सकेनन्।कुनै उम्मेदवारले निर्वाचनमा
जित हासिल नगरेपछि मंगलबार साढे ३ बजेका पुनःमतदान तय गरिएकोछ।पहिलो चरणमा सभापतिका लागि प्रतिस्पर्धी पाँच जनाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने

अवस्था सिर्जना भएको थियो । र, गठबन्धन गरेर एकले अर्कालाई सहयोग गर्नुपर्ने अवस्थामा आइलागेको थियो ।यससँगै वर्तमान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बिहानैदेखि आफ्नो पक्षमा पार्नका लागि विपक्षी उम्मेदवारहरुसँगको लबिङमा दौडधूपमा थिए।र, उनी आफूविरुद्ध उभिएर सभापतिमा उम्मेदवार बनेका विमलेन्द्र, निधि, प्रकाशमान सिंह र कल्याण गुरुङसँग भेटे । सभापतिका दाबेदारी भए पनि पछि हटेका रामचन्द्र पौडेलसँग चियापान कार्यक्रमस्थलमै पुगे देउवा र आफूलाई जिताउन आग्रह गरे । सबैबाट सकारात्मक जित सुनिश्चितको समाचार बोकेर हिँडेका देउवाले त्यस अवधिमा ‘ओली कार्ड’ को बहुत् प्रयोग गरे ।

देउवाले आफू सभापतिमा पराजित भए देउवा सरकारको आगमन हुने र ओली राज चलेर देश दुर्गतिमा पुग्ने भनेर भेटमा सबैलाई भने । साथै, संविधानअनुसार ओली पुनः सरकारमा आगमन हुनेतर्फ इंगित गर्दै देउवाले ओलीको आगमनले पार्टीलाई त्यस्तो गतितर्फ डोर्याउनुभन्दा आफूलाई जिताउनु महान भने ।

सभापतिमा जितेपछि पार्टीलाई विधान अनुसार नै चलाउने, पहिलेजसरी काम नगर्ने पनि देउवाले सबैलाई बचन व्यक्त गरेका छन् भने पार्टीमा एक्लौटी ढंगले निर्णयहरु नगर्ने पनि भनेर बाचा गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा सिंहले ३७१, निधीले २४९ मत र कल्याण गुरुङले २० मत ल्याएका छन् । अबको दोस्रो चरणको निर्वाचनमा उनीहरुकै निर्णायक मतले देउवा सभापतिमा जित्ने निश्चित छ । र, देउवा जितमा ढुक्क भइ बसकेका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार