• २०८१ जेष्ठ ५ गते शनिवार
  • Preeti To Unicode

वागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्री थपिए


हेटौंडा। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेकाछन्।उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट
दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन

तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार नै अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् ।

कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् ।हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।जसअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार