• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

एमाले सांसद सोम पाण्डे र शारदा भट्ट एकीकृत समाजवादीमा आवद्ध हुन पाउने


काठमाडौं। नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा,नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन

अन्तरिम आदेश दिएको हो ।माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन ।एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।


प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए ।१५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

तर उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ ।उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरे । तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको ओलीको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताए । कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार