• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

देउबाको पहिलो काम गच्छदार लाई सफाई दिएर मन्त्रि बनाउने ! गच्छदार अदालतमा हाजिर, आजै प्रक्रिया अघि बढ्ने


काठमाडौंः नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादार अदालत मा उपस्थित भएका छन् । भ्रष्टचार अभियोगमा अख्तियार
दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छादार विरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा

व्यक्तिको नाममा बनाएको भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विषेश अदालतमा मुद्दा दर्ता भएको थियो। उनीसँगै चार मन्त्री तथा पूर्वसचिव सहित १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। दर्तामध्ये केही अदातलमा हाजिर भइसकेका छन्।’ उहाँ आज १० बजे उपस्थित हुनु भएको छ। अब थुन्छेक बहस हुनेछ,’ विषेश अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले भने।

अदालतले गच्छदारविरुद्ध जारी गरेको म्याद तामेलीको समय सकिएको थियो। अदालतले पछिल्लो समय उनीविरुद्ध ३० दिनको हदम्याद जारी गर्दै उपस्थित हुन भनेको थियो। तर गच्छदार म्याद सकिसक्दा पनि अदालतमा हाजिर भएका थिएनन्। यसअघि पनि अदालतले गच्छदारलाई उपस्थित हुन १५ दिनको म्याद दिएको थियो।

उनी विरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरीवानासहित कैद माग गरिएको छ। ललिता निवास प्रकरणमा विशेष अदालतले दीप बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बस्न्यात सर्वोच्चको आदेशपछि पाँच लाख धरौटी बुझाएर छुटिसकेका छन्।

गच्छदारको भने अदालत हाजिर भएसँगै अब थुनछेक प्रक्रिया अघि बढ्नेछ। ओली प्रधानमन्त्री रहदा सम्म फरार सुचिमा रहेका गच्छदार लाई गिरफ्तारी को तयारी गरिए पनि देउबाको दबाबका कारण रोकिएको स्रोतको दाबी छ। देउबा प्रधानमन्त्री भएको २४ घण्टा नाबित्त्दै गच्छदार अदालत हाजिर हुनुलाई संयोग मात्र मान्न सकिदैन। निर्दोस साबित भएर मन्त्रि खाने गच्छदार को तयारीको रुपमा हेरिएको छ। गच्छदार देउवाका विश्वास पात्र हुन्।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार