• २०८१ पुष ८ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० फाल्गुन ०२ गते बुधवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० फाल्गुन ०२ गते बुधवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी १४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे, चन्द्रोदय : दिउँसो १०:०५ बजे र चन्द्रास्त : बेलुका ०९:२३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०७:०८ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, माघ शुक्लपक्ष (सिल्लाथ्व) पञ्चमी तिथि, साँझ ०६:०४ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रेवती नक्षत्र, साँझ ०४:२७ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, साँझ ०४:२७ बजेसम्म, त्यसपछि मेष राशिमा, शुभ योग, मध्यरात्रीपछि ०१:३७ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा बब करण बिहान ०७:०५ बजेसम्म, त्यसपछि बालब करण साँझ ०६:०४ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : पहेंलो (साँझ ०४:२७ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०४:२७ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : दक्षिण (साँझ ०६:०४ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : उत्तर, धनिष्ठा पञ्चक÷सरुन समाप्ति (साँझ ०४:२७ बजे), वाणपञ्चकमध्ये मृत्यु वाण : साँझ ०७:११ बजेसम्म त्यसपछि अग्नि वाण, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : श्री वसन्त पञ्चमी, सरस्वती पूजा, वागीश्वरी जयन्ती, रतिकाम पूजनोत्सव, श्री पञ्चमी, मदन पञ्चमी, वसन्त श्रवण, मसीलेखनी पूजा, हलसारो गर्ने दिन, तक्षक पूजा, शहीद लखन थापा स्मृति दिवस, विश्व प्रेम दिवस (भ्यालेन्टाइन्स डे), आजको मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। साँझतिर रमाइलाे भेटघाट हुनेछ। अरूको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। निम्ताे आए पनि आतिथ्य खर्चिलाे रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद काममा हात हाल्दा आलाेचित बन्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफन्तले पनि उत्साह जगाउनेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तकाे सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार