• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

‘मैले हारेँ भने बर्वाद हुन्छ,मलाई प्रधानमन्त्री बाट हटाउँछन् , त्यसैले मैले जित्नै पर्छ : देउवा


काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् ।लैनचौरको एक
बैंक्वेटमा आधिबासी जनजाती विभागले कांग्रेसको १४औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले आफूले सभापति हारेमा धेरैप्रश्न

उठ्ने बताएका थिए ।’मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उनले भने, ‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’उनले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।उनले भने, ‘प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ। तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ ।

केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध

कांग्रेस १४ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। उनीहरु दुवैजनाले प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।सोही पदमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। उनीहरु दुवै देउवा पक्षका हुन्।

शनिबार दर्ता भएको उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्मलाई तोकिएको थियो। निर्वाचन समितिले आजै १२ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदात हुँदैछ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार