• २०८१ असोज २३ गते बुधवार
  • Preeti To Unicode

आफुँ खुसि देउवा लाई विश्वासको मत नदिने ! पार्टीले गर्ने संस्थागत निर्णय मान्ने माधव नेपालको संदेश


नेकपा एमालेका नेता माधव नेपालले नेकपा एमाले सहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई
सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने

बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए । यद्यपि, सर्वोच्चको आदेशसँगै अब परिस्थिति बदलिएकाले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।

हिजोको परिस्थितिसम्म लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन तपाईंहरुको साथमा थिएँ । यसका लागि भोलि पनि मसँगै रहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले रघुजी पन्तले भने, ‘मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ । अब सरकारमा सहभागी हुने कुरा र देउवाजीलाई विश्वासको मत दिने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्ने छौँ ।’

यता, काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भइरहेको जानकारी दिए । पावर सेयरिङको विषयमा विपक्षी गठबन्धनबीच भोलि पुनः छलफल हुने जानकारी दिए ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार