• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

जनमोर्चाले कृष्ण थापालाई हटायो दलको नेताबाट


काठमाडौं : राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पार्टी संसदीय दलका नेताबाट हटाएको छ । बुधबार बसेको जनमाेर्चाको केन्द्रीय सचिवालयको बैठकले थापालाई जिम्मेवारीबाट हटाएको हो । बैठकपछि महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाएको

जानकारी गण्डकी प्रदेशसभाका सभामुखलाई जानकारी गराएका छन् । वैशाख १२ गते थापाकै अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासँग मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी निर्णय भए पनि दलको निर्णय विपरित काम गरेको भन्दै कारबाही गरेको जनमोर्चाले जनाएको छ । विपक्षी गठबन्धनमा साथ नदिएको भन्दै जनमोर्चाले थापामाथि कारवाही गरेको हो । ‘२०७८ वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईलाई संसदीय दलको नेताबाट हटाई अन्य आवश्यक कार्यवाही किन नगर्ने ?’, भन्दै प्रश्नसमेत गरिएको छ ।

सोधिएको स्पष्टीकरणको जवाफसमेत नदिएकोले कारबाही भएको राप्रपाले जनाएको छ । ‘उहाँले स्पष्टीकरण नबुझाउनु भएकाले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको जुम बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाई सो विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गएिको व्यहोरा जानकारी गराइन्छ’, सभामुखलाई पठाएको जानकारीमा भनिएको छ ।

नेकपा (एमाले) नेता घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए।

उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार