• २०८१ मङ्सिर १ गते शनिवार
  • Preeti To Unicode

सिंहदरबारमा माधव नेपाललाई बाइपास गरेर सहमति गर्ने तयारी


सिंहदरबार स्थितअर्थ मन्त्रालयमा बसेको कार्यदल को बैठकले तयार पारेको मस्यौदा मा एमाले वरिष्ठ नेता माधव नेपाल ले असहमति
जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको छ। उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा

ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए । नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले बतायो । नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिने सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन् । कार्यदलमा यो खालको तयारी भएपछि बैठक चलिरहेको बेला नेता घनश्याम भुसाल आइतबार दिउँसो सिंहदरबारबाट बाहिरिएर नेता नेपाललाई भेट्न पुगेका छन् ।

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैटक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार