• २०८१ जेष्ठ ५ गते शनिवार
  • Preeti To Unicode

केन्द्रीय नेताहरुको हस्तक्षेप : पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी


नेपालीकाँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तयगर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन। विशेष
गरी सभापति का आकांक्षी प्रकाश मान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडे पछि सहमति जुट्न नसकेको हो । यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल,महेश आचार्य

गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेललाई भेट्न नेताहरु बोहोराटार पुगेका हुन् । मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको एक नेताले बताए । ती नेताका अनुसार शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो भने बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निर्णय भएको छ। सोही निर्णयअनुसार नेताहरु पौडेल निवासमा पुगेका हुन् । अझै पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेका छैनन् भने अब केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाइने भएको ती नेताको भनाइछ । केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले प्रकाशमानले स्वीकारे आफूलाई पौडेललाई स्वीकार्न गाह्रो नहुने बताएका थिए । तर अहिलेको अवस्थमा आफ्नो नाममै सहमति हुनुपर्ने उनको अडान थियो । यता प्रकाशमान निकै अघि बढिसकेका छन् । उनले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

कांग्रेस बन्ला त समावेशी ?
कांग्रेसको केन्द्रीय पदाधिकारीको संख्या १४ छ। महिलाका लागि एक मात्र पद (सहमहामन्त्री) मा आरक्षणको व्यवस्था छ। ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसकै महिला नेतृहरू सक्रिय भएर लागेका छन्। पार्टीको केन्द्रीय समिति समावेशी बनाउनुपर्छ भन्ने लडाइँमा विधान बनाउँदादेखि नै आफूहरू सक्रिय बन्दै आएको नेतृ महालक्ष्मी डीना उपाध्याय बताउँछिन्। संख्या थपेर भए पनि पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने उनको माग छ। संस्थापन शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्रीको आकांक्षी रहेकी उपाध्यायले पार्टीलाई समावेशी बनाउन महिलाको संख्या बढनुपर्ने बताइन्। ‘बरु उपसभापति दिए म लड्न तयार छु।

केन्द्रीय सदस्यमा फेरि लड्दिनँ,’ उनले भनिन्। सहमहामन्त्रीमा महिलातर्फका अन्य आकांक्षीमा डीला संग्रौला र पुष्पा भुषाल पनि छन्। कांग्रेसमा उपसभापति र महामन्त्री पदमा महिला आकांक्षी देखिएका छैनन्। यद्यपि, पार्टी सभापतिमा भने करिब एक महिनाअघि नेतृ सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी थिइन्। उनले उम्मेदवारी फिर्ता लिए नलिएको विषयमा औपचारिक जानकारी आएको छैन। सभापतिको उम्मेदबार टुंग्याउने विषयमा भइरहेका भेटघाट र छलफलमा नेतृ कोइरालाको उपस्थिति देखिएको छैन।

संस्थापनइतर समूहबाट सहमहामन्त्रीमा सरिता प्रसाईं र रत्न शेरचन आकांक्षी छन्। ‘हाम्रो समूहमा सिनियर नेताहरू धेरै हुनुहुन्छ,’ प्रसाईंले भनिन्, ‘कोषाध्यक्षको उम्मेदवारमा पनि महिला ल्याउने प्रयास गर्दैछौं।’ यसपटकको महाधिवेशन प्रतिनिधिमा धेरै महिला जितेर आएका छन्। अर्को महाधिवेशनमा पदाधिकारीमा पनि धेरै महिला आउन सक्ने उनको भनाइ छ।कांग्रेस पदाधिकारीमा महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने केन्द्रीय सदस्य महेन्द्र यादवले बताए। देउवा पक्षबाटै सहमहामन्त्रीका आकांक्षी यादवले विधानले गरेको व्यवस्थाअनुसार सहमहामन्त्री र केन्द्रीय सदस्यमा क्लस्टर तोकिएकाले समावेशी हुने देखिए पनि पदाधिकारीमा पनि समावेशी बनाइनुपर्ने माग उठेको बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार