• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

संसद् बैठक बस्दै : यस्ता छन् आजका कार्यसूची, अवरोध जारी राख्ने एमालेको तयारी


काठमाडौं : संघीय संसद को राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बुधवारबाट प्रतिनिधि प्रतिनिधि सभाको नवौं बैठक शुरु भएको हो। बुधवारको
बैठकमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरे पछि बैठक आजका लागि स्थगित गरिएको थियो। बुधवार एमालेले लगातार अवरोध गरेपछि दुई पटकसम्म बैठक स्थगित गरिएको थियो। तेस्रो

पटकको बैठकमा एमालेका सांसदहरुको अवरोधबिच गृहमन्त्री बालकृष्ण खाणले राजनीति दल सम्बन्धी ‘दोस्रो संशोधन’ अध्यादेश पेश गरेका थिए।बैठकमा खाणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सी भएको थियो। खाणले अध्यादेश पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरेका थिए।दुबै सदनको स्थगित बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठक पनि अवरुद्ध गर्ने तयारी एमालेले गरेको बताइएको छ।आजकै बैठकमा प्रतिनिधि सभामा २९ वटा बुँदागत विषयहरु रहेका छन्। ती विषयहरु अधिकांश अध्यादेशसम्बन्धी छन्।
यस्ता छन् आजका कार्यसूची

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्, त्यसअघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बिहान ११:४५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनायो।

मन्त्रिपरिषद्अघि सत्तारुढ पाँच दलका शीर्ष नेताहरुबीच बैठक बस्दैछ। बैठक बिहान ९ बजे बस्न लागेको हो। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ। असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि बनेको पाँच दलको गठबन्धन सरकारले झन्डै दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन।

यसै गरी सत्तारुढ दलका शीर्ष नेताबीच एमसीसीबारे पनि छलफल हुने बताइएको छ। नेपालका लागि अमेरिकी मिलिनियम कर्पोरेसनले प्रदान गरेको एमसीसी सहायताबारे थप प्रष्ट हुन अहिले एमसीसीका उपाध्यक्ष फातेमा सुमारको टोली नेपाल भ्रमणमा छन्। उनको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बिहीवार भेट गरिसकेका छन्।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार