वि.सं. २०८० आषाढ २५ गते सोमवार तदनुसार ई. सं. २०२३ जुलाई १० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ , इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५ः११ बजे र सूर्यास्त : साँझ ०६ः५१ बजे, चन्द्रास्त ः दिउँसो ११ः५२ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११ः४३ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय ः बिहान ०५ः१७ बजे र सूर्यास्त : साँझ ०७ः०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५ः२१ बजे र सूर्यास्त ः साँझ ०७ः०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५ः३४ बजे र सूर्यास्त : साँझ ०७ः२४ बजे,
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण : – २६ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २७ गते : कुनै चाडपर्व उत्सव र मुहुर्तादि छैन । २८ गते : कामीकाएकादशीव्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सोचेको र चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्नेछ । सोचेका काममा उल्टापाल्टा परिणाम आउने अवस्था छ, तर साँझमा शुभ समाचार मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र सफल यात्राको योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा शान्ति छाउला । श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।