सांसददीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गु’ण्डा नाइके गणेश लामालाई सोधपुछका लागिभन्दै प्रहरीले पक्राउ गरेकोछ विपक्षीको
पक्षमा मतहाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एकहोटलबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई इलाका प्रहरी
कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।मनाङ्गेको मतले विपक्षीको सरकार बन्ने पक्काजस्तै भएको छ ।लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।उनी कहिले आए भन्ने पनि खुलेको छैन । लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशंका यहाँ गरिएको छ ।
सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री
वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए।अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो। कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ।
सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए। दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए। निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो।