• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाल समूहका सांसद संसद्‍ सचिवालयमा : राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा


काठमाडौं : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद संघीय संसद्‍को सचिवालय सिंहदरबारमा पुगेका छन्।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न

नेपाल समूहका सांसद राजीनामाका लागि संसद्‍ सचिवालयमा पुगेका हुन्। केहीबेर अघि नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्। अहिलेसम्म माधवन नेपाल, योगेश भट्टराई र सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, पवित्रा निरौला लगायत सांसद सचिवालयमा पुगिसकेका छन्। वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने लागेका हुन्। प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत लिनका लागि सोमबार विशेष अधिवेशन बोलाएका छन्। विश्‍वासको मतमा ओलीलाई असफल बनाएर वैकल्पिक सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको योजनालाई सघाउन उनीहरूले राजीनामा दिन लागेका हुन् ।नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अ‍ोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।

विष्णु पौडेल र सुवास नेम्वाङले भेटे माधव नेपाल
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार आएका छन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।तर नेता नेपालले भने स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएका स्रोतले बताएको छ ।

तर पौडेल र नेम्वाङले सांसदहरुको बैठकअघि नै भेट्न जोड दिएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् ।२ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी यो समूहले गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार