• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

युट्युबमा रिलिज भयो दयाहाङ र मिरूनाको हिट फिल्म ‘जारी’


दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ। दसैंको अवसर पारेर सोमबार बाँसुरी फिल्मसको युट्युब च्यानलमा फिल्म रिलिज गरिएको हो।

यो फिल्म हलमा गतवर्ष प्रदर्शनमा आएको थियो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा लिम्बू संस्कृतिको कथा देखाइएको छ।

फिल्ममा दयाहाङ र मिरूनासहित प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा लगायतको अभिनय छ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार