• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

थापाको कुर्सी यथावत्, आफू महामन्त्री हुँदा बस्ने गरेको कुर्सीमा बसे लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार सम्हालेका छन् । लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालय पूजाआजा
सहित पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले पूर्वअध्यक्ष कमल थापाको कुर्सीलाई यथावत् राखेर आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् ।लिङ्देनले

अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । थापापार्टीको अभिभावकको रुपमा रहने र उनलाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा र कुर्सी प्रयोग नगरेको लिङ्देनले बताए ।राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका थिए ।
एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ : देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तामझामकासाथ महाधिवेशन नगर्ने बताउनुभएको छ ।सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको अवस्थालाई हेरेर तामझामका साथ महाधिवेशन नगर्ने बताउनुभयो ।

‘काँग्रेस उदार र जिम्मेवार पार्टी हो । हामी जनतालाई दुख: दिन चाहँदैनौँ। कोरोना भाइरसको नयाँ भेरियन्टको पनि जोखिम छ,’ उहाँले भन्नुभयो, ‘हामी शक्ति प्रदर्शन गर्ने पक्षमा छैनौँ । हामी एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ।’

सभापति देउवाले अधिवेशनमा झापाबात मान्छे उतार्न सक्ने भएपनि त्यो नगर्ने सुनाउनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार